काठमाडौं - अमेरिकन जीवन बीमा कम्पनीको नेपाल स्थित शाखा कार्यालय मेट लाइफले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तिय विवरण अनुसार मुनाफा बाहेकका सबै सूचांकमा प्रगति देखिएको छ । मुनाफा २० प्रतिशत प्रोभिजन गर्नु परेका कारण घटेको हो । मेट लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोष ७.५९ प्रतिशतले बृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा जम्मा १८ अर्ब ३५ रुपैयाँ संचिती रहेको मेट लाइफमा चालु आवको समीक्षा अवधीमा १९ अर्ब ७४ करोड पुगेको छ । कम्पनीको जगेडा कोष ९ प्रतिशतले र महाविपत्ति कोष ११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको आकार २२ अर्ब ७६ करोड नाघेको छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ११.५४ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा एक अर्ब १६ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिने अवधीमा एक अर्ब ३० करोड भन्दा बढि खुद बीमा शुल्क आम्दानी गरेको छ ।
प्रतिक्रिया