काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ७ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३४।१२ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड ७० लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड २ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी पनि २९।७७ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १२ करोड ८५ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
यसै अवधिसम्म संस्थाको सञ्चालन नाफा ८ करोड ५ लाख २० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १२ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । संस्थाको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रूपैयाँ छ । संस्थाको जगेडा कोषमा ४८ करोड ११ लाख १६ हजार रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया