सामाजिक उत्तरदायित्व बहन गर्दा ६४.९४ प्रतिशत घट्यो नाफा, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.९४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्यमान बैंकिङ्ग तलरता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण कम्पनीले अपेक्षित रुपमा नाफा आर्जन गर्न नसकेको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३०.६१ प्रतिशत घटेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा १७.६० प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २०.०३ प्रतिशत बढेको छ भने जगेडा सामान्य बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २० रुपैयाँ ५६ पैसा घटेर ८ रुपैयाँ ४८ पैसामा सीमित भएको छ। असोजमसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४४९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९६.३० गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया