जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले बीमाको नियम अनुसार सुरुदेखि नै फ्युचर बोनसको व्यवस्था गर्दै आएको भए अहिले आएर समस्या पर्ने थिएन ।

फ्युचर बोनसका लागि प्रोभिजन गरेकै कारण जीवन बीमा कम्पनीहरुको लाभांश लगभग शून्य हुने अवस्थामा छ । नाफा र बोनस दर घट्ने फ्युचर बोनस जीवन बीमाको दीगो विकासको लागि अति नै जरुरी छ । संसारभर फ्युचर बोनसका लागि १०० प्रतिशत प्रोभजिन गर्नुपर्ने व्यवस्था छ ।

नेपालमा भने पहिलो पटक २० प्रतिशत फ्युचर बोनसका लागि प्रोभिजन गरिएको छ । सोेही कारण अहिले बोनस दर घटेपनि बीमित र बीमा कम्पनीको फाइदाको लागि फ्युचर बोनस अनिवार्य छ । 

फ्युचर बोनसले कम्पनीलाई थप बलियो बनाउनुको साथ भविष्यमा बीमितहरुकै लागि फाइदा हुने हुँदा यसको इमान्दार कार्यान्वयन गर्नुको विकल्प छैन । फ्युचर बोनसका कारण तत्काल बोनस दर र मुनाफा दुवै घटेपनि आगामी दिनमा पुनः पुरानै अवस्थामा फर्कनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया