काठमाडौं - इक्रा नेपाल लिमिटेडले नवौँ वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मंसिर २९ गते बुधबार एलोफ्ट ठमेल, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३१ प्रतिशतका दरले नगद लाभांश र २० प्रतिशत बोनस सेयर गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत गरिनेछ । त्यस्तै २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक पनि तोकिनेछ ।
त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७८ को प्रतिवेदन, सोहि अवधिको लेखा परिक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरीनेछ ।
प्रतिक्रिया