१८.५० लाभांश प्रस्ताव पारित गर्न मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १५औं वार्षिक साधारण सभा मंसिर २५ गते होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया