राष्ट्र बैंकद्धारा एनसीएचएलाई नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि स्वीकृति प्रदान

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडल (एनसीएचए) लाई नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । 

नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगत पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि एनसीएचएललाई स्वीकति प्रदान गरिएको हो ।

विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसले पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भूक्तानी उपकरण स्थापना गरिएको छ । 

दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्कीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया