६ बैंक र ५ लघुवित्तले डाके साधारण सभा, कुनको लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न ११ वटा कम्पनीहरूले साधारण सभा बोलाएका छन् । ६ वटा बैंक र ५ वटा लघुवित्त गरि जम्मा ११ वटा कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका हुन् ।   

१. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा मंसिर २२ गते हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

२. एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा मंसिर ५ गते धरान व्याकेट, धरान–१३, सुनसरीमा हुनेछ । 

सभामा संस्थाको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

३. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते एशियन होटल, कालिकानगर, बुटवलमा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४. मेरो माइक्रोफाइनान्स लघुवित्त
मेरो माइक्रोफाइनान्स लघुवित्तको चौँथो वार्षिक साधारण सभा मंसिर २४ गते होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

५. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा मंसिर १० गते अग्रवाल भवन कमलपोखरी काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

६. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा मंसिर १६ गते आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको भदौ १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गरिनेछ । 

७. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को तेस्रो बार्षिक साधारणसभा मंसिर २९ गते काठमांडौको अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा अनलाईन माध्यामबाट बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो । 

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८।४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

८. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते  दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

 सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

९. बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडको सत्ताइसौँ वार्षिक साधारण सभा मंसिर २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

१०. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

११. ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया