काठमाडौ - नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिको वित्तिय विवरण प्रकाशनमा ढिलाई भएको गुनासो गरेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीले आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै चौथो त्रैमासिक वित्तिय विवरण प्रकाशन गर्न नसकेको गुनासो गरेका छन् ।
बीमा कम्पनीहरू पठाएको वित्तिय विवरणको आधारमा पुर्नबीमा कम्पनीको वित्तिय विवरण तयार हुने गर्दछ ।
प्रतिक्रिया