नबिल बैंकले नेपाल हस्तकला महासंघको कार्यक्रममा साझेदारी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको कार्यक्रममा साझेदारी गर्ने भएको छ । 

बैंकले मंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको हो ।

बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया