काठमाडौं, चालु आर्थिक वर्षको कार्तिक महिनामा बैंकहरुको निक्षेप संकलन घटे पनि कर्जा लगानी भने बढेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार गत कार्तिक महिनामा बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ भने कर्जा लगानी ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ।
कार्तिक महिनामा एनआइसि एशिया बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको पनि १० अर्ब रुपैयाँले बढेको छ।
यस्तै हिमालयन बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १४ अर्ब ६० करोड रुपैयाँले बढेको छ भने एनएमबि बैंकको पनि ४ अर्ब ८७ करोड रुपैयाँले बढेको छ।
कर्जा लगानी तर्फ पनि हिमालयन बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड रुपैयाँले बढाएको छ भने नेपाल बैंकले पनि ४ अर्ब ७७ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ। राष्ट्रिय वाणिज्य बैंकको कर्जा लगानी भने सबैभन्दा धेरै २ अर्ब ५६ करोड रुपैयाँले घटेको छ।
कार्तिक अन्तिमसम्ममा बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
प्रतिक्रिया