मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर २४ गते डाक्यो साधारण सभा,आईपिओ निष्काशनको तयारी

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ कृषि कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २४ गते पोखरा महानगरपालिका नागढुंगा स्थित मुक्तिनाथ विकास बैंकको क्षेत्रिय् कार्यालय परिसरमा सभा आह्वान गरेको हो ।

कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरेको छ।  कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसअन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार  कम्पनीले जारी पुँजी बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष्य लिएको जनाएको छ 

४ बर्ष अगाडि

प्रतिक्रिया