आइएमई जनरल इन्सुरेन्सलेचालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले यस अवधीसम्ममा ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २२.७९ प्रतिशत धेरै हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बिमा शुल्क भने ३.६३ प्रतिशतले बढेर ६ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १५ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
बिमा कोषको आकार पनि गत वर्षको यसै अवधि भन्दा २९.४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ३७ करोड ४४ लाख रुपैयाँ रहेको बिमा कोष अहिले बढेर ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद दाबी भुक्तानी ६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
कुल दाबी भुक्तानी हुन बाँकी रकम भने १९ करोड १६ लाख रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ०५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १९ पैसा छ ।
प्रतिक्रिया