नारायणी डेभलपमेन्ट बैंकले १३ करोड १२ लाख ३३ हजारको हकप्रद निष्कासन गर्ने अनुमति पायो

४ बर्ष अगाडि

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई आज अनुमति दिएको हो ।

बैंकले १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबोनमा निवेदन पेश गरेको थियो । 

बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया