शिखर इन्स्योरेन्सले आफुलाई गर्‍यो अब्बल साबित, कमायो १३ करोड ३६ लाख नाफा

४ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्सले चालु अर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कपनीले सार्वजनिक गरेको चालु अर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा आफुलाई अब्बल साबित गरेको छ । कम्पनीले १ अर्ब ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

यस्तै जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया