नेपाल राष्ट्र बैंकले बाह्र वर्षपछि ५० करोड बराबरको एक र दुई रुपैयाँको सिक्का छाप्ने

४ बर्ष अगाडि

नेपाली बजारमा खुद्रा पैसाको अभाव देखिएसँगै नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको सिक्का छाप्ने भएको छ ।

खुद्रा पैसाको अभावबाट सर्वसाधारण नागरिक ठगिन थालेपछि केन्द्रीय बैंकले बाह्र वर्षपछि एकैपटक ५० करोड रुपैयाँ बराबरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरको ३० करोड रुपैयाँ बराबरको ३० करोड थान र २० करोड रुपैयाँ बराबरको २ रुपैयाँ दरको १० करोड थान सिक्का छाप्न लागिएको जनाएको छ । 

विभागका अनुसार मंसिरको २० गतेपछि बजारमा १ रुपैयाँ बराबरको १० करोड थान र २ रुपैयाँको ४ करोड थान सिक्का सर्कुलेसनमा आउनेछ । बजारमा सिक्काको अभाव देखिन थालेपछि ४ वर्ष समय अवधिका लागि उक्त सिक्का बजारमा ल्याउने तयारी गरिएको हो ।

राष्ट्र बैंकले चार वर्ष अवधिका लागि एकै पटक सिक्का छाप्ने गरेको छ । नेपाल राष्ट्र बैंकले बाह्र वर्षपछि एक रुपैयँ दरको ३० करोड थान र २ रुपैयाँ थानको १० करोड थान गरी कुल ५० करोड रुपैयाँको सिक्का छाप्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया