काठमाडौं, हिमालयन जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले यस अवधीसम्ममा २ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २.४७ प्रतिशत धेरै हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क पनि ४.८५ प्रतिशतले बढाएर ८ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यसले ८ करोड ३८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको बिमा कोषको आकार गत वर्षको यसै अवधि भन्दा ०.२२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५७ करोड ४१ लाख रुपैयाँ रहेको बिमा कोष अहिले बढेर ५७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद दाबी भुक्तानीमा ४ करोड ५ लाख रुपैयाँ रहेको छ ।
कुल दाबी भुक्तानी हुन बाँकी रकम भने ७८ करोड ६३ लाख रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा ३८ करोड ५८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा (वार्षिक) रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ६१ पैसा छ ।
प्रतिक्रिया