काठमाडौं, नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा ९.११ प्रतिशतले बढेर ५ करोड ९५ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार ३६.८६ प्रतिशतले बढेर ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ४५ करोड ५८ लाख ७० हजार रुपैयाँ थियो ।
खुद बिमा शुल्क ६.८५ प्रतिशतले बढेर २० करोड ३५ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अवधिमा यसले १९ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४६ पैसा छ ।
प्रतिक्रिया