महालक्ष्मी विकास बैंकको ७ हजार ५ सय ८५ कित्ता संस्थापक सेयर बिक्रिमा, ३५ दिनभित्र आवेदन दिन माग

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले ७ हजार ५ सय ८५ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ ।

बैंकले गत असोज २० गते सूचना प्रकाशन गर्दै संस्थापक सेयरधनीहरुलाई उक्त सेयर खरिद आह्वान गरेको थियो । तर संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएको हुनाले बैंकले फेरि अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकले सेयरको मूल्य भने तोकेको छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया