आजबाट बिक्रीमा आयो ३ कम्पनीको संस्थापक शेयर, कुुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ । 

क्यापिटलले प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ६६ हजार ६ सय ७५ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

जसमध्ये, प्रभु बैंक लिमिटेडको मूल्य २०५ रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५० रूपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडको २२५ रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि मंसिर १० गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया