काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर १७ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
बैंकले १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया