काठमाडौं - चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको मार्जिन कर्जा लगानी घट्दा विकास बैंक र फाइनान्स कम्पनीहरुको भने बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म्मा १२ अर्ब ५२ करोड रुपैयाँ रहेको विकास बैंकहरुको मार्जिन कर्जा गत असोजसम्ममा बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । तर गत एक महिनामा भने विकास बैंकहरुको मार्जिन कर्जा ३.९९ प्रतिशतले घटेको छ ।
यस्तै गत असार मशामन्तसम्ममा २ अर्ब ८३ करोड रहेको फाइनान्स कम्पनीहरुको मार्जिन कर्जा अशोज मशान्तसम्ममा ३ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ । पछिल्लो महिना मात्र उसको यस्तो कर्जा ५.९३ प्रतिशतले बढेको थियो ।
वाणिज्य बैंकहरुको भने मार्जिन कर्जा सबैभन्दा धेरै घटेको छ । अत वर्षको अन्त्यसम्ममा ९० अर्ब ९२ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेको बैंकहरुको असोज मशान्तसम्ममा यस्तो कर्जा घटेर ८८ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया