काठमाडौं - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६.१७ प्रतिशतले वृद्धि गरेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी ६.१४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको बिमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ ।
कम्पनीको जगेडा कोषमा ९.७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।
प्रतिक्रिया