राष्ट्र बैंकले ३० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २४ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड ५० र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २०७८ मंसिर ७ देखि २०७९ मंसिर ७ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाबाट बैंकले ब्याजदर सहित प्रस्ताव आह्वान गरेको छ ।

उपदान तथा पेन्सन कोषमा रहेको उक्त मुद्दती निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले मंसिर ३ गते दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया