काठमाडौं - गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको छ । कारोबार कात्तिक २८ गते आइतबारबाट सुरू भएको हो ।
गरिमा विकास बैंकको भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत दुवै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृति दिएका थिए ।
गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को सेयर आदान प्रदान रेशियोमा प्राप्ति गरेको हो । प्राप्तिपछि लगानीकर्ताले सहारा विकासको १ कित्ता सेयर बराबर गरिमा विकासको १ कित्ता नै सेयर पाउनेछन् ।
प्रतिक्रिया