अजोड इन्सुरेन्सको नाफा ७९.२३  प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी रु.४.०४ हुदाँ अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, अजोड इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार यसअवधिमा खुद नाफा ७९.२३  प्रतिशतले घटेर १ करोड १० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

खुद बिमा शुल्क आर्जन पनि १०.४६ प्रतिशतले घटेर १० करोड ३५ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यता, बिमा कोषको आकार भने ३२.७३ प्रतिशतले बढेर ११ करोड ६९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ८ करोड ८१ लाख २७ हजार रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७४ पैसा छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया