प्राइम लाइफ इन्स्योरेन्सको बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

कम्पनीले मंसिर १९ गते आह्वान गरेको साधारण सभा तथा अघिल्लो आव २०७६/७७ को नाफाबाट प्रस्तावित लाभांश वितरणका लागि बुकक्लोज तोकेको हो ।

यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले मंसिर १९ गते आइतबार सभा आह्वान गरेको हो । सभा दिएँसो २ बजे अग्रवाल भवन, कमलपोखरी काठमाण्डौमा बोलाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया