युनाइटेड मोदी करिब डेढ करोड घाटामा,प्रतिशेयर आम्दानी १.९६ रुपैयाँ ऋणात्मक

४ बर्ष अगाडि

काठमाडौं, युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 
 
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ४० लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष ८ करोड ८९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गरेको यसको यो त्रैमासमा घटेर ३ करोड ९७ लाख रुपैयाँमा झरेको छ । 
 
यसको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ लाख रुपैयाँबाट घटेर ३ लाख रुपैयाँमा झरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ भने रिजर्भ कोषमा ६ करोड २६ लाख रुपैयाँ छ । 

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा नोक्सानमा रहेको यसको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ४५ पैसा छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया