काठमाडौं - नेपाल बंगलादेश बैंकको साधारण सभा आज हुँदैछ । सभा अहिले बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने पनि एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गरिसकेको छ । कात्तिक १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया