राष्ट्रिय बिमा संस्थानद्धारा तीन महिनामा ९५ करोड ५७ लाख विमा दाबी भुक्तानी, नाफा १ करोड ५६ लाख

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

नाफा गत वर्षको भन्दा ५२.३२ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ करोड २ लाख रुपैयाँ  नाफा कमाएको थियो । असोज मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ७.६३ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ४ अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
 
कम्पनीले यो त्रैमाससम्म ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने ३० अर्ब ४९ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३७ अर्ब १४ करोड पुर्याएको छ । 

हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया