प्रतिसेयर आम्दानी ११४ रूपैयाँ ७१ पैसा रहेको महिला लघुवित्तले कमायो २ करोड ८६ लाख ७७ हजार नाफा

४ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४.४१ प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६०.७३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १ सय १४ रूपैयाँ ७१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ सय २८ रूपैयाँ ९४ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी १० करोड रूपैयाँ छ । कम्पनीको जगेडा कोषमा २२ करोड ८९ लाख ४० हजार रुपैयाँ सञ्चित छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ९३ लाख ९५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया