आज सम्म कायम शेयरधनीहरुले मात्र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश पाउने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार बुकक्लोज गर्दैछ । यस अनुसारा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले मंसिर १६ गते बिहान ११ बजे, आम्रपाली व्याङ्केट, भाटभाटेनी काठमाडौंमा साधारण सभा बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात ८ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया