काठमाडौं - गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा छैटौं पटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको छ ।
विभिन्न बैंकिङ गतिविधिहरूको शुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिमा समेत व्यापक पहुँच पुराइरहेको जनाएको छ ।
नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पूँजीको १ दशलमव १६ गुणा बढी हो ।
बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा दिइरहेको छ ।
प्रतिक्रिया