प्रतिशेयर आम्दानी रु. १०.४६ रहेको एभरेष्ट इन्स्योरन्सको बीमाशुल्क १५ करोड माथि,कति कमायो खुद नाफा ?

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५०.७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २६.४३ प्रतिशतले बढेर १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहािले त्रैमासमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ३ करोड ९२ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ८१ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ८८ लाख रुपैयाँ र बीमा कोषमा ४४ करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६ पैसा र मुल्य आम्दानी अनुपात ६२६० गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया