कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

कार्तिक १६ गते सम्पन्न भएको बैंकको २१औं वार्षिक साधारण सभाले पारित गरेको २.६७ प्रतिशत नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् कार्तिक ७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ । 

असोज ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८।६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया