१ अर्ब बढी बीमा शुल्क कमाएको प्राइम लाइफको नाफा १.४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

सो अवधीसम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.७९ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद नाफा भने १.४९ प्रतिशतले बढेर १२ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ, जीवन बीमा कोषमा १५ अर्ब ७२ लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीले १ हजार १३८ वटा दाबी बापत २७ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५९ वटा दाबी बापत १ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया