सिद्धार्थ इन्स्योरेन्सको बीमा शुल्क ३० करोड ५९ लाख पुग्यो, नाफा ५ करोड ४३ हजार

४ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क र नाफा दुबै बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विरवरण अनुसार कम्पनीको खुद बीमाशुल्क २१.८१ प्रतिशतले र खुद नाफा ७.१५ प्रतिशतले बढेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७.१५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २१।८१ प्रतिशतले बढेर ३० करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ७५ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी भने ८८ पैसाले घटेर १९ रुपैयाँ ४१ पैसामा सिमित भएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा ६९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया