बरुण हाइड्रोपावरको ५१६.७४ प्रतिशतले बढेर १ करोड नजिक,प्रतिशेयर आम्दानी १६.५३ रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

वित्तीय विवरणअनुसार कम्पनीले  ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा ५१६.७४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ७०.८७ प्रतिशतले बढेर ३ करोड २४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङको आकार १५.९७ प्रतिशतले घटेर १ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ १ करोड ७८ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १६.५३ रुपैयाँ रहेको छ। पीई रेसियो २५.०४ गुणा रहेको कम्पनी प्रतिशेयर नेटवर्थ १०५.५९ रुपैयाँ रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया