बोनस शेयर मात्र दिइने भनेको मेगा बैंकको लाभांश संशोधन, अब कति ?

४ बर्ष अगाडि

काठमाडौं, मेगा बैंकले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ।

गत आर्थिक वर्षको कमाइबाट यसअघि १२.०७ प्रतिशत बोनस शेयर मात्रै वितरण गर्ने प्रस्ताव गरेको बैंक सञ्चालक समितिले मंगलबार १० प्रतिशत बोनस शेयर र र २।०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले यसअघि बोनस मात्र वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले कर प्रयोजनको लागि नगद समेत प्रस्ताव गर्न निर्देशन दिएपछि पुनः लाभांश दर संशोधन गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया