खुद नाफा १९.८७ प्रतिशतले बढेको  राष्ट्रिय बीमाको बीमा शुल्क ७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

 वित्तीय विवरणअनुसार कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा २ करोड १७ लाख रुपैयाँमा सीमित थियो। गत वर्ष ६ करोड १० लाख रुपैयाँ रहेको पुनर्बीमा कमिसन आय बढेर ७ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले ९ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९.८७ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले ६ करोड २० लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड १७ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ३ लाख ६३ हजार रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर ६ लाख २१ हजार रुपैयाँ पुगेको छ। 

प्रथम त्रैमासमा कम्पनीको बीमा कोषको आकार ८.१४ प्रतिशतले बढेर २ अर्ब ४६ करोड रुपैयाँको भएको छ। गत वर्ष बीमा कोषमा २ अर्ब २७ करोड रुपैयाँमा मात्र थियो। 

गत वर्ष २ अर्ब ९९ करोड रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३ अर्ब १७ करोड पैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जारी बीमा लेखको संख्या ९ हजार २४६ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १७ हजार ५१० बीमालेख जारी गरेको थियो। 

कम्पनीको प्रतिशेयर आम्दानी ९३.१४ रुपैयाँ, पीई रेसियो ७५७.५८ गुणा र प्रतिशेयर नेटवर्थ १२९२.४६ रुपैयाँ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया