काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले
विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १०.८८ प्रतिशतले बढेर ६ करोड १७ लाख १ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि १०.०७ प्रतिशतले बढेर ३९ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ६२ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २२ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ०९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया