चुक्ता पूँजी १० करोड ९३ लाख रहेको मानुषी लघुवित्तको नाफा २४ लाख २४ हजार

४ बर्ष अगाडि

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा १३ लाख ५९ हजार रुपैयाँ ऋणात्मक थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ३८ लाख ५६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १४.८१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ७ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८६ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २३९ रूपैयाँ ४७ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी १० करोड ९३ लाख रूपैयाँ छ । संस्थाको जगेडा कोषमा ४ करोड ३१ लाख ७१ हजार रुपैयाँ सञ्चित छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया