एसियन लाईफद्धारा २७ प्रतिशत लाभांश घोषणा, ३ वर्षयता कै सर्वाधिक

४ बर्ष अगाडि

काठमाडौं - एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिगत ३ आर्थिक बर्ष यताकै सबैभन्दा बढि लाभांश घोषणा गरेको छ  ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया