फाइनान्स कम्पनीहरुको औसत नाफा २ करोड ८९ लाख, बेष्ट फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरुले औसतमा २ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

१५ फाइनान्स कम्पनीले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १५ वटा फाइनान्सले कुल ४३ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन जसमा बेष्ट फाइनान्सको सबैभन्दा धेरै १२ करोड ११ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टिपर्पस फाइनान्सको भने नाफा सबैभन्दा कम २ लाख रुपैयाँ मात्र छ । आइसिएफसि फाइनान्सको वितरणयोग्य नाफा सबैभन्दा धेरै पहिलो त्रैमाससम्ममा १५ वटा फाइनान्स कम्पनीमा आइसिएफसि फाइनान्सको वितरणयोग्य नाफा सबैभन्दा धेरै १६ करोड ३५ लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा ६ वटा फाइक्रोफाइनान्सको वितरणयोग्य नाफा नकारात्मक छ जसमा सबैभन्दा धेरै गोर्खाज फाइनान्सको ३६ करोड रुपैयाँले ऋणत्मक छ। यस्तै असोज मशान्तसम्ममा बेष्ट फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ५८ रुपैयाँ ४४ पैसा रहेको छ। यस्तै मल्टिपर्पस फाइनान्सको भने सबैभन्दा कम २० पैसा छ ।

यस्तै प्रतिशेयर नेटवर्थमा गुडविल फाइनान्स सबैभन्दा अगाडि छ । उसको प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ छ भने समृद्धि फाइनान्सको सबैभन्दा कम ७० रुपैयाँ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया