काठमाडौं - प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३.१६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ५.५२ प्रतिशतले बढेर २५ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २४ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ८७ करोड ९६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात ३३.९४ गुणा रहेको छ ।
प्रतिक्रिया