काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा ७५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । शोधनान्तर घाटा अघिल्लो महिनाको तुलनामा केही घटेको छ ।
पहिलो दुई महिनामा ८३ अर्ब ४१ करोड पुगिसकेको शोधनान्तर घाटा तेस्रो महिनामा आइपुग्दा प्रत्यक्ष वैदेशिक लगानीमा केही सुधार हुँदा शोधनान्तर स्थितिमा सुधार आएको छ ।
नेपालमा रेमिट्यान्सको रुपमा २ सय ३९ रुपैयाँ नेपाल भित्रिए चुलिँदो व्यापार घाटा पुर्ति गर्न सकिने गरी भित्रन नसक्दा पनि करिब पौने खर्बको शोधनान्तर घाटा रहेको हो । तीन महिनामा नेपालले ६५ अर्ब ५ करोडको सामान निर्यात गरेर ४ सय ७८ अर्ब ५२ करोडको सामान आयात गरेको छ ।
तीन महिनाको व्यापार घाटा मात्रै ४ सय १३ अर्ब ४७ करोड रुपैयाँ छ । शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ । तीन महिनामा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत ५ अर्ब ७ करोड रकम नेपाल भित्रिएको छ । वैदेशिक लगानी भने करिब ७५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया