पञ्चकन्या माईको नाफा ११२.२५ प्रतिशतले बढेर १६ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं,पञ्चकन्या माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ११२.२५ प्रतिशतले धेरै हो।

कम्पनीको विद्युतट बिक्रीबाट हुने आम्दानी बढ्दा उसको नाफा बढेको हो। उसको दुई आयोजनाबाट विद्युत बिक्रीमार्फत हुने आम्दानी २५ प्रतिशत र २ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट साढे १५ करोड रुपैयाँ आम्दानी गरेको छ। उसको सञ्चालन आम्दानी पनि १६ प्रतिशतले बढेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २६ पैसाले बढेर २३ रुपैयाँ १९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २९ पैसा छ।

४ बर्ष अगाडि

प्रतिक्रिया