काठमाडौं, युनिलिभरको नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड १ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ११०.३२ प्रतिशतले धेरै हो।
कम्पनीको नियमित व्यवसाय मार्फत हुने आम्दानी ६०.८४ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा पनि उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। उसको अन्य आम्दानी पनि बढेको छ।
चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ५७५ रुपैयाँ ४६ पैसाले बढेर १ हजार ९७ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार १४ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया