सिटिजन लाइफको जीवन बीमाकोष १११.४० प्रतिशतले वृद्धि भएसंगै बीमाशुल्क १ अर्ब माथि,अन्य सूचकको अवस्था कस्तो?

४ बर्ष अगाडि

काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११.४० प्रतिशतले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमाकोष रु. २ अर्ब ८२ लाख रहेको थियो ।

गत आर्थिक वर्षको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ६२ करोड ८ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा रु.१ अर्ब  २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाखको उचाई चुमाएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु. १६ करोड ५१ लाख पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्ब ८९ करोड मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया