काठमाडौं, नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा २२ करोड ९९ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर २८ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८६ पैसा रहेकोमा अहिले त्यो ८ रुपैयाँ ७३ पैसाले घटेर २४ रुपैयाँ १३ पैसा पुगेको छ । कोषको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया